राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रञ्जु दर्शना (न्यौपाने) ले 'स्क्यामर'हरुले ह्वाट्सएपमार्फत् नागरिकको रकम चोरिरहेको भन्दे सरकारको ध्यानाकर्षण गराएकी छिन्। डिजिटल साक्षरता नहुँदा यस्तो समस्या आएको भनेर उनले बताइन्।
‘बुद्धनगर, काठमाडौं निवासी तारा पोखरेलको ह्वाट्सएप अकाउन्ट ह्याक भयो। ह्याकरले उनी बनेर उनी नजिकका मान्छेसँग पैसा मागे। उनको साख, इज्जत र सम्मानका कारणले सबैले आपत परेछ भनेर लाखौँ रुपैयाँ एकै छिनमा पठाइदिनुभयो’, शुक्रबार संसदको शून्य समयमा बोल्दै उनले भनिन्, ‘बुद्धनगर निवासी मोना पोखरेलसँग पनि त्यस्तै भयो। यसैगरी सुधीरमान प्रधानजीको ह्वाट्सएपमा आइपीएस एक्टिभ गर्न मेसेज आयो। त्यसमा क्लिक गरेपछि उनको बैंक अकाउन्टबाट पटक पटक गरेर १० लाख रुपैयाँ लुटियो।’
लुटिएका पैसा कुन ठाउँमा गइरहेको छ ? भन्ने प्रश्न गर्दै उनले यो समस्या समाधानका लागि साइबर क्राइम ब्युरोलाई सशक्त बनाउन सरकारको ध्यानाकर्षण गराइन्। ‘स्क्यामरहरुले नेपालको बैंक अकाउन्टको क्युआर दिइरहेका छन्’, उनले भनिन्, ‘उनीहरुले नेपालमा लेजिमेट रुपले नै बैंक अकाउन्ट खोलेर पैसा ट्रान्सफर गरिरहेका छन्। बैंकहरुलाई नोटिश आउनासाथ ती बैंक अकाउन्टलाई ब्लक गरिदिनु पर्यो।’
Shares

प्रतिक्रिया