राजनीति


निर्वाचन आचारसंहिता पालना गराउन सबै जिल्ला प्रशासनलाई गृहको पत्राचार

निर्वाचन आचारसंहिता पालना गराउन सबै जिल्ला प्रशासनलाई गृहको पत्राचार

नेपालखबर
माघ १५, २०८२ बिहिबार १७:२०, काठमाडौँ

गृह मन्त्रालयले निर्वाचन आचारसंहिता परिपालनामा कडाई गर्न सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ। 

गृहले सम्बन्धित जिल्लाभित्र निर्वाचन आचारसंहिता कार्यान्वयनका विषयमा प्राप्त जिम्मेवारी अनुरुप नियमित अनुगमन गरी प्रभावकारी रुपमा आचारसंहिता पालना पत्राचार गरेको हो। यससँगै यस विषयमा गरिएका कार्यको नियमितरुपमा मन्त्रालयमा प्रतिवेदन गर्ने व्यवस्था मिलाउन पनि भनेको छ।

यसअघि गृह मन्त्रालयले निर्वाचन आचारसंहिता अनुगमन गर्न सबै जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीलाई आर्थिकबाहेकका अन्य विषयमा र प्रमुख कोष नियन्त्रक÷कोष नियन्त्रकलाई आर्थिकसँग सम्बन्धित विषयमा काम गर्न जिम्मेवारी दिएको थियो। उनीहरूलाई निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तोकेको थियो। 

माघ ४ गतेदेखि निर्वाचन आचारसंहिता लागू भएको छ। त्यसयता निर्वाचन आयोगले विभिन्न दलका नेतालाई स्पष्टीकरण सोधिसकेको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad