राजनीति


प्रधानमन्त्री शाहको अभिव्यक्तिविरुद्ध श्रम संस्कृति पार्टीको प्रदर्शन

प्रधानमन्त्री शाहको अभिव्यक्तिविरुद्ध श्रम संस्कृति पार्टीको प्रदर्शन

नेपालखबर
जेठ २३, २०८३ शनिबार १६:४२, काठमाडौँ

श्रम संस्कृति पार्टीले प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्तिविरुद्ध काठमाडौँको माइतीघर मण्डलमा प्रर्दशन गरेको छ। 

शनिबार श्रम संस्कृति पार्टीले प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध खबरदारी सभा आयोजना गर्दै विरोध प्रदर्शन गरेको हो। प्रतिनिधि सभामा सांसदसँगको प्रश्नोत्तरका क्रममा प्रधानमन्त्री शाहले नेपालले पनि भारतको जमिन मिचेको अभिव्यक्ति दिएका थिए। 

त्यसलाई लिएर विपक्षी दल तथा नागरिक अगुवाले विरोध गर्दै आएका छन्। त्यही क्रममा शनिबार श्रम संस्कृति पार्टीले पनि प्रदर्शन गरेको हो। 
प्रधानमन्त्री शाहले गलत अभिव्यक्ति दिएको श्रम संस्कृति पार्टीका नेताहरूले बताएका छन्। यस विषयमा प्रधानमन्त्रीले माफी नमागेसम्म विरोध जारी रहने जनाइएको छ। 

प्रदर्शनमा सहभागीहरुले ‘संसदमा प्रधानमन्त्रीले दिएको तथ्यहीन अभिव्यक्ति फिर्ता गर’, ‘सिंहदरबारको कुर्सीमा बस्दा नेपालीको भरोसा बन, कसैको कठपुतली नबन!’, ‘नेपाली माटोको रक्षा गर’, ‘राष्ट्रको सम्मान जोगाऔँ, गैर जिम्मेवार अभिव्यक्तिको विरोध गरौँ’, ‘लम्पसार कूटनीति होईन, स्वाभिमानको अडान राख’ लगायत नारा लेखिएको प्लेकार्ड बोकेरका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad