कोसी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्गले प्रदेश सभाको आठौँ अधिवेशन आह्वान गरेका छन्।
नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेश सरकार (मन्त्रिपरिषद्) को सिफारिसमा उनले यो अधिवेशन आह्वान गरेका हुन्।
प्रदेश प्रमुखको कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार, आगामी २०८२ साल माघ २५ गते आइतबार दिउँसो २ः०० बजे विराटनगर महानगरपालिका वडा नं. ७ स्थित वीरेन्द्र सभागृहमा बैठक बस्ने तय भएको छ।
आजै बसेको मन्त्रिपरिषदको बैठकको सिफारिसका आधारमा बिहीबार नै प्रदेश प्रमुखले अधिवेशन आह्वान गरेका प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिए।

प्रतिक्रिया