नेपाली कम्युनिष्ट पार्टी (नेकपा)को राष्ट्रियसभा संसदीय दलको नेतामा बेदुराम भुसाल नियुक्त भएका छन्।
आइतबार भएको नेकपाको राष्ट्रियसभा संसदीय दलको बैठकले भुसालाई संसदीय दलको नेतामा नियुक्त गरेको हो।
नेकपाको प्रमुख सचेतकमा मदनकुमारी शाह ‘गरिमा’ र सचेतकमा गंगा बेलवासे नियुक्त भएका छन्।
यसअघि नेकपाको राष्ट्रिय सभा संसदीय दलको नेता नारायण काजी श्रेष्ठ थिए। उनले पदबाट राजीनामा दिएर सर्लाही ३ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका छन्।
231
Shares

प्रतिक्रिया