राजनीति


संगठन निर्माणमा केन्द्रित उपेन्द्र यादव

संगठन निर्माणमा केन्द्रित उपेन्द्र यादव

नेपालखबर
जेठ २८, २०८३ बिहिबार १५:२०, काठमाडौँ

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव सांगठनिक रणनीतिमा होमिएका छन्। गत चुनावमा अप्रत्यासित नतिजा आएपछि अहिले उनी संगठन बनाउन देश दौडाहा निस्किएका हुन्। 

पार्टीको केन्द्रीय समन्वय समितिले तय गरेको देशव्यापी अभियानअन्तर्गत पहिलो चरणमा पश्चिम नेपालका बर्दिया, बाँके र सुर्खेतको अगुवा कार्यकर्ता भेला गरिएको छ। 

जेठ २५ मा बर्दियाको गुलरिया, २६ मा नेपालगन्ज र २७ मा सुर्खेत पुगेर यादवले कार्यकर्तालाई चुनावी हारबाट निराश नभई नयाँ ढंगले संघर्षमा होमिन निर्देशन दिएका थिए। 

अब यो अभियान मधेस र कोशी प्रदेशतर्फ केन्द्रित हुने जसपा नेपालले जनाएको छ। जेठ ३० गते पर्सा र ३१ गते बाराको अगुवा कार्यकर्ता भेला हुँदैछ। त्यसपछि असार १४ गतेसम्म मोरङ, सुनसरी, सप्तरी, सर्लाही, धनुषा, महोत्तरी, सिराहा र रौतहटमा जिल्लास्तरीय भेलाहरू लगातार सञ्चालन हुने पार्टीले जनाएको छ।

मधेस प्रदेशका आठ जिल्लामा पार्टी अध्यक्ष उपेन्द्र यादवसँगै पार्टीका संरक्षक महन्थ ठाकुरलगायत शीर्ष नेताहरू समेत सहभागी हुने यादवको सचिवालयले जानकारी दिएको छ। 

‘यो अभियान केवल चुनावी पराजयको औपचारिक समीक्षामा मात्र सीमित छैन, यसको पछाडि ठोस राजनीतिक उद्देश्य छ,’ अध्यक्ष यादवका निजी सचिव महेश चौरसियाले भने, ‘चुनावी पराजयको निर्मम समीक्षा, आन्तरिक अन्तर्घात र गुटबन्दी अन्त्य गर्नुका साथै पार्टीपंक्तिलाई एकत्रित गर्दै गुमेको साख र प्रतिष्ठा फर्काउनु यसको पहिलो सर्त हो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad