साताको पहिलो कारोबार दिन सेयरबजारमा उछाल आएको छ। नेप्से ५७.५५ अंकले बढेको दिन कारोबारमा उछाल आएको हो।
नेप्से उक्त अंकले बढेसँगै बजार २७७२.१७ विन्दुमा चढेको छ। यस दिन १३ अर्ब ७८ करोडको किनबेच भएको छ। धेरै समयपछि कित्ता खरिदबिक्री संख्याले ३ करोड नाघेको छ।
आइतबार २४० वटा सेयरको मूल्य बढेको छ भने १९ वटाको मात्रै घटेको छ।
बजारमा उछाल आएको दिन ८ वटा सेयरमा पोजिटिभ सर्किट लागेको छ। एसवाई प्यानल, श्रीनगर एग्रिटेक, नेपाल माइक्रो इन्स्योरेन्स, बन्दीपुर केबलकारलगायतको सेयर १० प्रतिशतले बढेको हो।
गिरावटतर्फ आज सेयरहरु अधिकतम ५.८० प्रतिशतसम्म मात्र घटेका छन्। कारोबारमा भने आखुखोला जलविद्युतको ४३ करोड, ग्रिनभेन्चर लिमिटेडको ३९ करोड, शिवम् सिमेन्ट ३२ करोड, युनाइटेड मोदी हाइड्रोपावर ३० करोड र बन्दीपुर केबलकारको २९ करोडको किनबेच भएको छ।
आइतबार होटल र पर्यटन सर्वाधिक ३.३५ प्रतिशतले बढ्दा जलविद्युत् २.७४, लगानी २.८४, जीवन बीमा २.०३ र उत्पादन तथा प्रशोधन २.९७ प्रतिशतले उकालो लागेका छन्। यस दिन सबै उपसूचक राताम्य छन्।
Shares

प्रतिक्रिया