राजनीति


पाँच अध्यक्षसहित यी हुन् मधेसमा प्रमुख दलका उम्मेदवार

पाँच अध्यक्षसहित यी हुन् मधेसमा प्रमुख दलका उम्मेदवार

गगन थापा, उपेन्द्र यादव, राजेन्द्र महतो, सीके राउत र प्रभु साह।


नेपालखबर
माघ ७, २०८२ बुधबार २०:२२, काठमाडौँ

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि मधेस प्रदेशका ३२ सिटमा एक हजार ४८ जना चुनावी मैदानमा उत्रिएका छन्। 

निर्वाचान आयोगको कार्यालय मधेश प्रदेसका अनुसार, धनुषाबाट १५८, महोत्तरीबाट १४३, सर्लाहीबाट १३९, सिराहाबाट १३९, सप्तरीमा १०५, पर्साबाट १०९, बाराबाट ११२ र रौतहटबाट १४३ जनाले मनोयन दर्ता गराएका छन्। आउँदो निर्वाचनमा नयाँ दलदेखि पुराना दलहरूले प्रतिस्पर्धा जनाउँदै उम्मेदवार खडा गरेका छन्। मधेशका केही क्षेत्रमा चर्चित उम्मेदवार चुनावी मैदानमा छन्। 

नेपाली कांग्रेसका सभापति गगनकुमार थापा, जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतो, जनमत पार्टीका अध्यक्ष डा. सीके राउत र आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साह मधेसमै प्रतिस्पर्धामा छन्। पाँच पार्टीका शीर्षनेता नै चुनावी मैदानमा उत्रिएपछि मधेसको चुनावी माहोल तातेको छ। 

कांग्रेस सभापति थापा सर्लाही-४ बाट, मुक्ति पार्टीका अध्यक्ष महतो सर्लाही-२ बाट, जसपाका अध्यक्ष यादव सप्तरी-३ बाट, जनमतका अध्यक्ष डा. राउत सप्तरी-२ बाट र आजपाका अध्यक्ष साह रौतहट-३ बाट प्रतिष्पर्धामा छन्। 

कांग्रेसबाट धनुषा-१ मा रामपल्टन यादव, धनुषा-२ बाट दिनेश प्रसैला, धनुषा-३ मा विमलेन्द्र निधि र धनुषा-४ मा महेन्द्र यादव उम्मेदवार छन्। त्यस्तै, महोत्तरी-१ बाट मुकेशराज काफ्ले, महोत्तरी-२ बाट किरण यादव, महोत्तरी-३ बाट बजरंग नेपाली र महोत्तरी-४ बाट महेन्द्रकुमार राय उम्मेदवारी दिएका छन्। 

कांग्रेसकै तर्फबाट सर्लाही-१ मा शम्भुलाल श्रेष्ठ, सर्लाही-२ बाट डा. सरोज यादव, सर्लाही-३ मा विनोद खनाल र सर्लाही-४ मा गगन थापा उम्मेदवार छन्। सप्तरी-१ बाट रामदेव साह, सप्तरी-२ बाट रामकुमार यादव, सप्तरी-३ बाट दिनेशकुमार यादव, सप्तरी-४ बाट तेजुलाल चौधरी उम्मेदवार छन् भने सिराहा-१ मा रामसुन्दर चौधरी, सिराहा-२ मा रामचन्द्र यादव, सिराहा-३ मा सुभाषचन्द्र यादव र सप्तरी-४ मा चन्द्रकलाकुमारी यादवले उम्मेदवारी दिएका छन्। 

रौतहट-१ बाट अनिलकुमार झा, रौतहट-२ बाट फिर्दोश आलम, रौतहट-३ बाट रामकृपाल यादव र रौतहट-४ बाट देवप्रसाद तिमिल्सिना उम्मेदवार बनेका छन्। बारा-१ मा शम्भु बुढाथोकी, बारा-२ मा भैयाराम चौधरी, बारा-३ मा फरमुल्लाह मन्सुर र बारा-४ मा श्यामबाबु गुप्ता उम्मेदवार छन् भने पर्सा-१ मा अनिलकुमार रूंगटा, पर्सा-२ मा अजय चौरसिया, पर्सा-३ मा सुरेन्द्रप्रसाद चौधरी र पर्सा-४ मा रमेश रिजाल कांग्रेसका उम्मेदवार हुन्। 

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट मधेस प्रदेशका सबै क्षेत्रमा उम्मेदवार बनेका छन्। धनुषा-१ मा मातृकाप्रसाद यादव, धनुषा-२ मा रामचन्द्र झा, धनुषा-३ मा राम ललित मण्डल र धनुषा-४ मा संजयकुमार महतो उम्मेदवार बनेका छन् भने महोत्तरी-१ बाट गिरिराजमणि पोख्रेल, महोत्तरी-२ बाट लक्ष्मण यादव, महोत्तरी-३ बाट राजकिशोर साह सुडी र महोत्तरी-४ बाट भरतप्रसाद साह उम्मेदवार छन्। सर्लाही-१ मा प्रमोद साह, सर्लाही-२ मा महिन्द्र राय यादव, सर्लाही-३ मा नारायणकाजी श्रेष्ठ र सर्लाही-४ मा रगनिस राय यादवले उम्मेदवारी दिएका छन्। 

यसैगरी, नेकपाले सप्तरी-१ मा रविन्द्र चौधरी, सप्तरी-२ मा सूर्यनाथप्रसाद यादव, सप्तरी-३ मा अरुणकुमार साह र सप्तरी-४ मा रुवीकुमारी कर्णलाई उम्मेदवार बनाएको छ भने सिराहा-१ बाट रामचन्द्र यादव, सिराहा-२ बाट मुक्ति सिंह, सिराहा-३ बाट विश्वनाथ साह र सिराहा-४ बाट अजय शंकर नायक उम्मेदवार बनेका छन्। 

रौतहट-१ मा माधवकुमार नेपाल, रौतहट-२ मा किरण साह, रौतहट-३ मा पुनमदेवी यादव र रौतहट-४ मा रामकुमार भट्टराईले उम्मेदवारी दिएका छन्। उता बाराको क्षेत्र नं. १ बाट सन्तोष दंगाल, २ बाट रमेशप्रसाद यादव, ३ बाट भरतप्रसाद साह र ४ बाट अजय कुशवाहा उम्मेदवार बनेका छन्। 

नेकपाले पर्सा-१ मा अजय चौरासिया, क्षेत्र नं. २ मा मनोज चौधरी, क्षेत्र नं. ३ मा छोटेलाल यादव र क्षेत्र नं. ४ मा जयप्रकाश थारूलाई उम्मेवार बनाएको हो। 

नेकपा ((एमाले)ले सप्तरीको क्षेत्र नं. १ मा सुमनराज प्याकुरेल, क्षेत्र नं. २ मा मो. ज्याउल रहमान, क्षेत्र नं. ३ मा ताराकान्त चौधरी र क्षेत्र नं. ४ मा गंगाप्रसाद चौधरी उम्मेदवार बनाएको छ। सिरहाको क्षेत्र नं. १ बाट रामशंकर यादव, क्षेत्र नं. २ बाट नवीनकुमार यादव, क्षेत्र नं. ३ बाट लीलानाथ श्रेष्ठ र क्षेत्र नं. ४ मा बिल्टु साह उम्मेदवार छन्। 

यसैगरी, धनुषाको क्षेत्र नं. १ मा रामचन्द्र मण्डल, क्षेत्र नं. २ मा उमाशंकर अरगरिया, क्षेत्र नं. ३ मा जुलीकुमारी महतो र क्षेत्र नं. ४ मा रघुवीर महासेठले उम्मेदवारी दिएका छन् भने महोत्तरीको क्षेत्र नं. १ मा लक्ष्मी महतो, क्षेत्र नं. २ मा कासिम नदाफ, क्षेत्र नं. ३ मा मनोजकुमार सिंह र क्षेत्र नं. ४ मा निलम अधिकारी उम्मेदवार बनेका छन्। 

सर्लाहीको क्षेत्र नं. १ मा मनोजकुमार देवकोटा, क्षेत्र नं. २ मा नागेश्वर साह, क्षेत्र नं. ३ मा हरिप्रसाद उप्रेती र क्षेत्र नं. ४ मा अमनिसकुमार यादव एमालेका उम्मेदवार हुन्। रौतहट-१ मा अजयकुमार गुप्ता, क्षेत्र नं. २ मा शेख अतिउल्लाह, क्षेत्र नं. ३ मा कुन्दन कुशवाहा र क्षेत्र नं. ४ बाट रामजी साह प्रतिस्पर्धामा छन्। 

बाराको क्षेत्र नं. १ मा अच्युत मैनाली, क्षेत्र नं. २ मा बलवीर चौधरी, क्षेत्र नं. ३ ज्वालाकुमारी साह र क्षेत्र नं. ४ मा कृष्णकुमार श्रेष्ठ (निसान) उम्मेदवार बनेका छन्। पर्साको क्षेत्र नं. १ मा प्रदीप यादव, क्षेत्र नं. २ मा रिमा यादव, क्षेत्र नं. ३ मा रुपेश पाण्डे र क्षेत्र नं. ४ मा जालिम मियाँ अन्सारीलाई एमालेले उम्मेदवार बनाएको छ। 

यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले धनुषाको क्षेत्र नं. १ बाट किशोरी साह, क्षेत्र नं. २ बाट रामविनोद साह, क्षेत्र नं. ३ बाट मनीष झा र क्षेत्र नं. ४ बाट राजकिशोर महतोलाई उम्मेदवार बनाएको छ। महोत्तरीमा क्षेत्र नं. १ मा प्रमोद महतो, क्षेत्र नं. २ मा दीपक साह, क्षेत्र नं. ३ मा उज्ज्वल झा र क्षेत्र नं. ४ मा गौरीकुमारी यादव प्रतिस्पर्धा गरिरहेका छन्। 

रास्वपाको तर्फबाट सर्लाहीको क्षेत्र नं. १ बाट नितिमा कार्की, क्षेत्र नं. २ बाट रविन महतो, क्षेत्र नं. ३ बाट नरेन्द्र साह कलवार र क्षेत्र नं. ४ बाट अमरेशकुमार सिंह उम्मेदवार बनेका छन्। सिराहाको क्षेत्र नं. १ बाट बब्लु गुप्ता, क्षेत्र नं. २ बाट शिवशंकर यादव, क्षेत्र नं. ३ बाट शम्भुकुमार यादव र क्षेत्र नं. ४ बाट तपेश्वर यादव प्रतिस्पर्धामा छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad