चुनाव केन्द्रित सुरक्षा व्यवस्थापनबारे निर्वाचन आयोगले गृहमन्त्री र प्रहरी महानिरीक्षकसँग छलफल गरेको छ।
बुधबार निर्वाचन आयोगको कार्यालय कान्तिपथमा निर्वाचनलाई बिथोल्न सक्ने कुनै पनि आपराधिक गतिविधिलाई नियन्त्रण गर्ने तथा कानुनी दायरामा ल्याउने विषयमा वृहत छलफल भएको प्रहरीले जानकारी दिएको छ।
निर्वाचनलाई भयरहित वातावरणमा पारदर्शी एवं शान्तिपूर्ण रूपमा सम्पन्न गराउन सबै सरोकारवाला पक्षहरूसँग समन्वय एवं सहकार्य गरी भरपर्दो सुरक्षा रणनीति अवलम्बन गरी कार्यसम्पदान गर्ने विषयमा छलफल केन्द्रित रहेको थियो।
कार्यक्रममा गृहमन्त्री ओमप्रकाश अर्याल, कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, निर्वाचन आयुक्त जानकी तुलाधर र सगुन शमशेर जबरा तथा गृहसचिव राजकुमार श्रेष्ठ र प्रहरी महानिरीक्षक दानबहादुर कार्की लगायत सहभागी थिए।
Shares

प्रतिक्रिया