राजनीति


देशभरि २९ सय २५ जनाको उम्मेदवारी, बुधबार उजुरी लिइने

देशभरि २९ सय २५ जनाको उम्मेदवारी, बुधबार उजुरी लिइने

उम्मेदवारी मनोनयनबारे जानकारी दिँदै आयुक्तहरु तथा सचिव


नेपालखबर
माघ ६, २०८२ मंगलबार १८:५१, काठमाडौँ

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि देशभर उत्साहजनक रूपमा मनोनयन दर्ता सम्पन्न भएको छ। निर्वाचन आयोगका अनुसार सोमबार प्रत्यक्षतर्फको निर्वाचन प्रणालीका लागि देशभरका १६५ निर्वाचन क्षेत्रमा कूल २ हजार ९ सय २५ जनाले उम्मेदवारी दर्ता गराएका हुन्।

आयोगका सचिव कृष्णबहादुर राउतले साँझ ६ बजेसम्म प्राप्त विवरणअनुसार महिला उम्मेदवारको संख्या ३ सय ३६ र पुरुषको संख्या २ हजार ५ सय ८९ रहेको जानकारी दिए। समावेशीतातर्फ अपाङ्गता भएका व्यक्तिबाट ८५ र पिछडिएको क्षेत्रबाट १ सय ३८ जनाको उम्मेदवारी परेको आयोगले जनाएको छ । यो विवरण प्रारम्भिक भएकाले अन्तिम संख्या केही थपघट हुन सक्ने सचिव राउतले बताए।

उम्मेदवारी दर्ता प्रक्रिया उत्साहजनक र शान्तिपूर्ण रूपमा सम्पन्न भएकोमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सबै पक्षलाई धन्यवाद व्यक्त गरेका छन्। 

निर्वाचन कार्यतालिकाअनुसार माघ ७ गते बुधबार बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारविरुद्ध उजुरी दिने समय तोकिएको छ  माघ ८ गते उजुरीउपर जाँचबुझ गरी बेलुका ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिनेछ।

उम्मेदवारले नाम फिर्ता लिन चाहेमा माघ ९ गते बिहान १० देखि दिउँसो १ बजेसम्मको समय दिइएको छ। सोही दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी साँझ ७ बजेसम्म निर्वाचन चिह्न प्रदान गरिने आयोगले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad