बागलुङमा राष्ट्रिय जनमोर्चा र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले संयुक्त उम्मेदवारी दर्ता गराएका छन्।
राजमो र नेकपाले तालमेल गरी उम्मेदवारी दिएका हुन्।
बागलुङ १ मा राष्ट्रिय जनमोर्चाका कृष्ण अधिकारीले उम्मेदवार दर्ता गराएका छन् भने २ नम्बरमा नेकपाका ज्ञाननाथ गैरे उम्मेदवार बनेका छन्।
बागलुङ राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको जन्मथलो हो।
यसअघिको चुनावमा पनि तालमेल गरी अध्यक्ष केसी क्षेत्र नं १ बाट चुनाव जितेका थिए भने २ बाट माओवादी केन्द्रका देवेन्द्र पौडेल विजयी भएका थिए।
63
Shares

प्रतिक्रिया