महोत्तरी क्षेत्र नं. ४ का लागि नेकपा (एमाले) बाट एकल नाम सिफारिस भएका मधेसका पूर्व मुख्यमन्त्री सरोजकुमार यादव उम्मेदवार नहुने भएका छन्।
निकै रस्साकस्सीपछि अन्तिम समयमा उनी ‘ब्याक’ भएका हुन्। उनको ठाउँमा निलम अधिकारीलाई टिकट दिएको एमाले महोत्तरीका जिल्ला अध्यक्ष बलिराम यादवले बताए।
जित सुनिश्चित नदेखेपछि यादवले अन्तिम समयमा आफै ‘ब्याक’ भएको एमालेका एक नेताको भनाइ छ। ‘पूर्व मुख्यमन्त्रीजीको नाममा टिकट पनि आइसकेको थियो, अवस्था हेर्न टिकट होल्ड गरेर राख्नुभयो। अन्तिम समयमा ब्याक हुनुभयो,’ ती नेताले भने।
यादव हाल एमालेको मधेस प्रदेश संसदीय दलका नेता हुन्। २०७९ सालको निर्वाचनमा उनी महोत्तरी क्षेत्र ४ ‘क’ बाट प्रदेश सभा सदस्य निर्वाचित भएका थिए।
225
Shares

प्रतिक्रिया