संसदीय सुनुवाइ समितिको बैठक भोलि (मंगलबार) बस्ने भएको छ। प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको सुनुवाइका लागि बैठक आह्वान गरिएको हो।
बैठक मंगलबार बिहान ११ बजे राज्य व्यवस्था तथा सुशासन समितिको सभाकक्ष, सिंहदरबारमा बस्ने सूचनामा उल्लेख छ।
बैठकमा सांसदहरूलाई उजुरीहरू वितरण हुने कार्यसूची छ। संसदीय सुनुवाइ समितिको सचिवालयले असार २६ गते १० दिनको समय राखेर उजुरी आह्वान गरेको थियो।
असार १९ गते बसेको संवैधानिक परिषद्को बैठकले मानबहादुर कार्कीलाई प्रमुख निर्वाचन आयुक्त, डा. राजीव सुब्बा र गुरु वाग्लेलाई निर्वाचन आयुक्तमा सिफारिस गरेको थियो।
12
Shares

प्रतिक्रिया