राजनीति


सार्वजनिक बिदा घटाउन कार्यदल गठनसहित यस्ता छन् सचिव बैठकका २२ निर्णय

सार्वजनिक बिदा घटाउन कार्यदल गठनसहित यस्ता छन् सचिव बैठकका २२ निर्णय

नेपालखबर
साउन ४, २०८३ सोमबार १४:४४, काठमाडौँ

नेपाल सरकारका सचिवको बैठकले सार्वजनिक बिदा घटाउन अध्ययन कार्यदल गठन गर्नेसहित २२ वटा निर्णय गरेको छ। 

सोमबार मुख्य सचिव गोविन्दबहादुर कार्कीको अध्यक्षतामा बसेको सचिव बैठकले सातामा दुई दिन सार्वजनिक बिदा थपिएकाले अन्य बिदा पुनरावलोकनका लागि कार्यदल गठन गर्ने निर्णय गरेको हो। गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र अर्थ मन्त्रालयका प्रतिनिधि सदस्य रहने कार्यदल गठन गर्ने निर्णय गरेको छ। 

कार्यदललाई सार्वजनिक बिदा पुनरावलोकनका अध्ययन गर्न कार्यादेश दिइएको छ। अध्ययन प्रतिवेदन गृह मन्त्रालयमा बुझाउन १५ दिनको समय दिइएको छ। 

यस्तै, सचिव बैठकले चालु आर्थिक वर्षमा विनियोजित बजेट तथा कार्यक्रम तोकिएको समय, लागत र गुणस्तरमा सम्पन्न गर्न तत्काल बजेट कार्यान्वयन तालिका बनाउने निर्णय गरेको छ। त्यसका आधारमा आर्थिक वर्षको सुरुदेखि नै सार्वजनिक खरिद प्रक्रिया अगाडि बढाउने निर्णयमा उल्लेख छ। 

यस्तै, जेनजी आन्दोलनका शहीद परिवार र घाइतेहरूका लागि मन्त्रिपरिषद्ले गत असार १८ मा स्वीकृत गरेको एकीकृत प्याकेजको शीघ्र कार्यान्वयन गर्ने पनि निर्णय गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad