राजनीति


चुनाव लड्न ३ मन्त्रीले राजीनामा दिएपछि प्रधानमन्त्री कार्कीलाई थपियो जिम्मेवारी

चुनाव लड्न ३ मन्त्रीले राजीनामा दिएपछि प्रधानमन्त्री कार्कीलाई थपियो जिम्मेवारी

नेपालखबर
माघ ६, २०८२ मंगलबार १३:२३, काठमाडौँ

प्रतिनिधि सभा निर्वाचन लड्न तीन मन्त्रीले राजीनामा दिएपछि सुशीला कार्कीको काँधमा ती मन्त्रीले सम्हालिरहेका ३ मन्त्रालयको जिम्मेवारी थपिएको छ। 

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन, सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल र युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले चुनावमा उम्मेदवारी दिन राजीनामा दिएपछि यी मन्त्रालयको जिम्मेवारी पनि प्रधानमन्त्री कार्कीले लिनुपरेको हो। 

पछिल्लोपटक आज शिक्षामन्त्रीले पुनले राजीनामा दिएपछि राष्ट्रपति रामचन्द्र पौडेलले योसमेत तीन मन्त्रालयको कार्यभार प्रधानमन्त्री कार्कीको जिम्मा दिएका हुन्। 

राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले सम्माननीय प्रधानमन्त्री श्री सुशीला कार्कीज्यूको सिफारिसमा मौजुदा मन्त्रिपरिषद्का शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री श्री महावीर पुन; सञ्चार तथा सूचना प्रविधि मन्त्री श्री जगदीश खरेल र युवा तथा खेलकुद मन्त्री श्री बब्लु गुप्ताले नेपालको संविधान बमोजिम प्रधानमन्त्री समक्ष राजीनामा दिनुभएको हुँदा निजहरूले सम्हाली आउनुभएको मन्त्रालयहरूको कार्यभार समेत प्रधानमन्त्री स्वयम्ले सम्हाल्ने गरी तोक्नुभयो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad