राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री विपिन आचार्य दाङ क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभाको चुनाव लड्ने भएका छन्।
सो क्षेत्रमा नेकपा एमालेका महासचिव शकर पोखरेल पनि चुनाव लड्दैछन्।
रास्वपाका सभापति रवि लामिछानेले सहमहामन्त्री आचार्यलाई दाङ २ बाट चुनाव लड्ने टिकट दिएका हुन्।
उनी पहिलोपटक प्रतिनिधि सभाको चुनाव लड्दैछन्।
यसअघि समानुपातिक सूचीको पहिलो नम्बरमा रहेका उनले प्रत्यक्ष चुनाव लड्ने भन्दै नाम फिर्ता लिएका थिए।

प्रतिक्रिया