नेपाली कांग्रेसले डा. गोविन्दराज पोखरेललाई प्युठानबाट उम्मेदवार बनाएको छ।
पोखरेल टिकट लिएर काठमाडौंबाट प्युठान हिडेका छन्। नेता शेखर कोइराला निकट पोखरेल कांग्रेसको आन्तरिक विवाद मिलाउन पछिल्लो समय निरन्तर संवादमै थिए।
पार्टीभित्र निर्वाचनमा मिलेर जाने सैद्धान्तिक सहमति भएपछि पोखरेल टिकट लिएर प्युठान हिडेको एक पदाधिकारीले नेपालखबरलाई बताए। पोखरेल २०७४ सालको निर्वाचनमा तत्कालीन बाठबन्धनकी उम्मेदवार दुर्गा पौडेलसँग पराजित भएका थिए।
त्यस्तै, २०७९ सालण्मा कांग्रेससहितको गठबन्धनबाट दुर्गा पौडेल उम्मेदवार बनेपछि पोखरेल उम्मेदवार बन्न पाएका थिएनन्।
153
Shares

प्रतिक्रिया