नेपाली कांग्रेस सभापति गगन थापाले प्रतिनिधि सभा सदस्यको उम्मेदारबारे निर्णय गर्न बोलाएको संसदीय बोर्डको बैठक सरेको छ।
निवर्तमान सभापति शेरबहादुर देउवा पक्ष र नेता डा. शेखर कोइराला पक्षसँग छलफलमा रहेका सभापति थापाले बैठक सारेका हुन्।
‘असन्तुष्ट पक्षका विभिन्न तहका नेताहरूसँग संवाद भइरहेको छ। सकेसम्म उहाँहरूलाई पनि समेट्नका लागि बैठक सारिएको हो,’ कांग्रेसका एक पदाधिकारीले भने, ‘अहिले टिकट दिइसकेपछि भोलि फिर्ता लिएर अर्को व्यक्तिलाई दिन गाह्रो हुन्छ। त्यही भएर अहिले नै मिलाउने प्रयास भइरहेको छ।’
देउवा पक्ष सर्वोच्च अदालतसँगै सडकमा पनि उत्रिएको छ। तर, शेखर कोइराला समूहका नेताहरू भने थापाकै नेतृत्वमा चुनावमा जानुपर्ने पक्षमा खुल्न थालेका छन्। शेखर समूहको बैठक पनि आइतबार छुट्टै बस्दै छ।
देउवा पक्षले भने आइतबार सर्वोच्च अदालतमा रिट दायर गरेको छ। रिटमाथि माघ ६ गते पेशी तोकिएको छ।
प्रतिनिधि सभाका सदस्यको निर्वाचनका लागि निर्वाचन आयोगले माघ ६ गते नै उम्मेदवारी दर्ताको समय तोकेको छ।
Shares

प्रतिक्रिया