नेपाली कांग्रेसको शेरबहादुर देउवा समूह फागुन २१ को निर्वाचन कार्यतालिका स्थगनको माग गर्दै निर्वाचन आयोग पुगेको छ। निर्वाचन कार्यतालिका स्थगन गर्न माग गर्दै पूर्वमहान्याधिवक्ता खम्मबहादुर खाती नेतृत्वको टोली आयोग पुगेको हो।
देउवा समूहका नेता मीन विश्वकर्माका अनुसार माघ ६ गतेलाई प्रतिनिधिसभा प्रत्यक्षतर्फको उम्मदवारी दर्ताको कार्यतालिका स्थगन गर्न माग गरेकको छ। देउवा समूहले विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वले पठाएका व्यक्तिहरूको मनोनयनपत्र दर्ता नगर्न सर्वोच्च अदालतमा आज दिएको रिटमा पनि माग गरिएको छ।
कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित थापा नेतृत्वको समूहलाई आयोगले मान्यता दिएपछि देउवा समूह आजै आयोगको निर्णयविरुद्ध रिट लिएर सर्वोच्च अदालत पुगेको छ। सर्वोच्च अदालतले रिटको पेसी माघ ६ गतेलाई तोकिएको छ।
Shares

प्रतिक्रिया