राजनीति


सभापति गगन थापाले लेखे: 'पूर्वसभापति शेरबहादुर देउवा'

सभापति गगन थापाले लेखे: 'पूर्वसभापति शेरबहादुर देउवा'

नेपालखबर
माघ ३, २०८२ शनिबार ७:३३, काठमाडौँ

विशेष महाधिवेशनबाट आफ्नो नेतृत्वमा निर्वाचित नेपाली कांग्रेसको कार्यसमितिलाई शुक्रबार निर्वाचन आयोगले वैधानिकता दिएपछि गगन थापाले पार्टीको लेटरप्याडमा सभापतिका रूपमा पहिलोपटक विज्ञप्ति जारी गरेका छन्। 

जसमा उनले शेरबहादुर देउवालाई पूर्वसभापति भनेर सम्बोधन गरेका छन्। देउवाले भने अझै आफू कांग्रेसको सभापति भएको जिकिर गर्दै पार्टीको आधिकारिकता प्राप्तिका लागि आन्दोलन गर्ने र अदालत जाने घोषणा गरेका छन्।

शुक्रबार राति जारी विज्ञप्तिमा सभापति थापाले लेखेका छन्, 'यस परिस्थितिमा नेपाली कांग्रेसलाई अगाडि बढाउन पार्टीका श्रद्धेय पूर्वसभापति शेरबहादुर देउवालगायत पार्टीमा विभिन्न तह र निकायमा रहनुभएका साथीहरूबाट पार्टीको यो लोकतान्त्रिक प्रक्रियालाई सहज रूपमा लिई पूर्ण साथ रहनेछ भन्ने विश्वास लिएका छौँ।'

यस्तै थापाले सभापतिका रूपमा आफ्नो पहिलो विज्ञप्तिमा आफूलाई अघिल्ला सभापति वा कार्यवाहक सभापतिले भन्दा फरक शैलीमा प्रस्तुत गरेका छन्। 

उनले विज्ञप्तिको अन्त्यमा लेखेका छन्- ‘तपाईंको सभापति’। 

जबकि माघे सक्रान्तिको शुभकामना सन्देश जारी गर्दा पूर्णबहादुर खड्काले पुछारमा पहिले आफ्नो नाम र त्यसमुनि कार्यवाहक सभापति लेखेका छन्। शेरबहादुर देउवाले पनि माथि आफ्नो नाम र मुनि पद सभापति लेख्ने गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad