काठमाडौँ महानगरपालिकाका नगर प्रहरी प्रमुख राजु पाण्डेले पदबाट राजीनामा दिएका छन्।
शुक्रबार बिहान पाण्डेले काठमाडौँका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईसमक्ष राजीनामा बुझाएका हुन्। उनले माघ ४ गतेदेखि लागू हुने गरी राजीनामा दिएको जनाएका छन्।
नगर प्रहरी प्रमुख पाण्डेले राजीनामा दिएको भए पनि स्वीकृत हुन बाँकी रहेको महानगरका सहायक प्रवक्ता ध्रुवकुमार काफ्लेले बताए। ‘माघ ४ गतेबाट लागू हुने गरी राजीनामा बुझाउनु भएको छ, तर स्वीकृत हुन बाँकी छ,’ काफ्लेले भने।
नगर प्रहरी प्रमुख पाण्डेले आगामी प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवार बन्नका लागि राजीनामा दिएका हुन्।
201
Shares

प्रतिक्रिया