राजनीति


उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक

उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक

नेपालखबर
माघ २, २०८२ शुक्रबार १४:२२, काठमाडौँ

आगामी प्रतिनिधि सभाको निर्वाचनका लागि प्रत्यक्षतर्फ उम्मेदवार टुंगो लगाउन नेकपा (एमाले)ले सचिवालय बैठक बोलाएको छ। 

एमाले अध्यक्ष केपी शर्मा ओलीले शनिबार दिउँसो १ बजे बस्ने गरी सचिवालय बैठक बोलाएका हुन्। माघ ३ गते दिउँसो १ बजे एमाले केन्द्रीय कार्यालय, च्यासलमा सचिवालय बैठक बस्ने  प्रचार तथा प्रकाशन विभागका संयोजक मीनबहादुर शाहीले जानकारी दिए। 

आउँदो फागुन २१ गते हुने निर्वाचनका लागि माघ ६ गते उम्मेदवारी दर्ता गर्ने समय तोकिएको छ। त्यसका लागि एमालेले शनिबार उम्मेदवारको नामावलीलाई अन्तिम रुप दिने शाहीले बताए। 

एमालेको निर्वाचन क्षेत्रीय समन्वय कमिटीले सिफारिस गरेर पठाएको नामावली जिल्ला कमिटी हुँदै प्रदेश कमिटीहरूले केन्द्रमा पठाइसकेका छन्। यसरी सिफारिस भएका उम्मेदवारमा अध्यक्ष ओलीसहित ३५ जना सर्वसम्मत भइसकेको प्रचार विभाग प्रमुख शाहीले जानकारी दिए। 

आउँदो प्रतिनिधि सभा निर्वाचनमा एमालेले १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार बनाउने तयारी गरेको छ। ‘अहिलेसम्म कुनै पार्टीसँग चुनावी गठबन्धन गर्ने निधो भएको छैन, त्यसैले सबै निर्वाचन क्षेत्रमा उम्मेदवार बनाउने गरी अघि बढेका छौँ,’ उनले भने। 

उम्मेदवारी दर्ता गर्न तयारी गर्न पर्ने भएकाले पनि माघ ३ मै उम्मेदवारको टुंग्याउने लागिएको जनाएको छ। यसअघि एमाले केन्द्रीय कमिटीको बैठकले निर्वाचनमा उम्मेद्वार टुंग्याउन सचिवालयलाई जिम्मा दिएको थियो। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad