नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा पार्टीको प्रचार अभियान जनताको घरदैलोमा केन्द्रित हुने बताएका छन्।
बुुधबार सुमन सायमी नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपाल (एकता पक्षधर) सँगको समायोजन कार्यक्रममा बोल्दै ठूला सभा गर्ने पुरानो शैली प्रभावहीन भइसकेको उल्लेख उल्लेख गरे।
‘अब चुनाव आउँदैछ, ठूला-ठूला सभा गर्नुभन्दा घरघर, टोलटोलमा जनतासँग प्रत्यक्ष भेटघाट गरेर हाम्रा एजेन्डा र संकल्प बुझाउनु जरुरी छ,’ प्रचण्डले भने, ‘ठूला सभा गरेर भोट धेरै आउने जमाना अब पुरानो भइसकेको छ।’
उनले पुराना कमजोरीबाट सिक्दै नयाँ ढंगले जनतामाझ जाने आवश्यकता रहेको समेत बताए। ‘हामी पुराना गल्ती नदोहो¥याउने प्रतिबद्धतासहित देशको नेतृत्व लिन चाहेका छौँ भन्ने कुरा जनतासम्म पुर्याउनुपर्छ,’ प्रचण्डले भने।
काठमाडौँका समस्या बुझेका सुमन सायमीसहितका नेताहरू पार्टीमा समाहित भएकाले उपत्यकाका सबै क्षेत्रमा जित सुनिश्चित हुने अवस्था बनेको दाहालको दाबी छ।
Shares

प्रतिक्रिया