राजनीति


सचिवालय बैठकअघि बालुवाटारमा ओली–प्रचण्डबीच छलफल

सचिवालय बैठकअघि बालुवाटारमा ओली–प्रचण्डबीच छलफल

नेपालखबर
बैशाख २४, २०७७ बुधबार ७:३७,

सचिवालय बैठकअघि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ।

पार्टीभित्र देखिएको विवादको अन्त्यका लागि बिहीबार स्थायी कमिटीको बैठक बस्दैछ त्यसअघि आजै दिउँसो ३ बजे बस्ने बैठकले स्थायी समिति बैठकका एजेन्डा तय गर्ने छ।

सचिवालय बैठकअघि आन्तरिक छलफलका लागि प्रधानमन्त्री ओलीले बोलाएपछि प्रचण्ड बिहान साढे नौ बजे बालुवाटार पुगेका थिए। दुई अध्यक्षबीच झण्डै दुई घण्टा छलफल भएको प्रचण्डनिकट स्रोतले जानकारी दियो।

महासचिव विष्णु पौडेलले स्थायी समितिका एजेन्डा तय गर्न सचिवालयको बैठक ३ बजे बालुवाटारमा बस्न लागेको नेपालखबरलाई बताए।

सचिवालय बैठकअघि दुई अध्यक्ष भेट गरेर साझा एजेन्ड तय गर्ने गरेका छन्।

प्रधानमन्त्री ओलीलाई भेटेर खुमलटार फर्किएका प्रचण्डले वरिष्ठ नेता माधव नेपालसँग पनि भेटवार्ता गरेका छन्।

प्रचण्डलाई भेट्न नेता नेपाल खुमलटार पुगेका थिए। सवा ११ बजेदेखि १२ बजेसम्म प्रचण्ड–नेपालबीच छलफल भएको स्रोतले जनाएको छ।
बुधबार विहानै उपाध्यक्ष वामदेव गौतम पनि खुमलटार पुगेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad