नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले पार्टीको केन्द्रीय कमिटी हाल ठूलो रहे पनि एक वर्षभित्र यसलाई खिरिलो बनाइने बताएका छन्।
मंगलबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित शपथ समारोहमा बोल्दै उनले यो अवस्था बाध्यताका कारण भएको स्पष्ट पारे।
उनले भने, ‘अहिले केन्द्रीय कमिटीको आकार अत्यन्त ठूलो छ। यो बाध्यता हो, सधैं यस्तै रहँदैन। एक वर्षभित्र हामीले यो केन्द्रीय कमिटी खिरिलो बनाउनुपर्ने छ।’
नेपालका अनुसार आगामी एक वर्षभित्र प्रतिस्पर्धाका आधारमा नेतृत्व छनोट हुनेछ।
उनले थपे, ‘विभिन्न क्षेत्रमा रहेका मान्छेको कामका आधारमा तलका कार्यकर्ताले स्वाभाविक रूपमा चयन गर्नेछन्। जो निर्वाचित भएर आउँछन्, उनीहरू केन्द्रीय कमिटीमा रहनेछन्, अरू तलै बस्नेछन्।’
66
Shares

प्रतिक्रिया