भृकुटीमण्डपमा विशेष महाधिवेशनको बन्दसत्र चलिरहेका वेला नेपाली कांग्रेसका नेता केन्द्रीय कार्यसमितिका लागि सानेपा पुगेका छन्।
विशेष महाधिवेशनले लिएर उत्पन्न विवादबारे छलफल गर्न कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले केन्द्रीय कार्यसमितिको बैठक बोलाएका छन्। बैठकका लागि संस्थापन पक्षका नेताहरू मंगलबार अपराह्न केन्द्रीय कार्यालय सानेपामा पुगेका हुन्।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पक्षका नेताहरू भने विशेष महाधिवेशनमा सहभागी भइरहेका छन्। दुवै पक्षको वार्ता टोलीबीच वार्ता भएका कारण बिहान बोलाइएको केन्द्रीय कार्यसमितिको बैठक दिउँसोलाई सारिएको थियो।















210
Shares

प्रतिक्रिया