नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले लाजिम्पाटमा संस्थापन पक्षसँग वार्ता चलिरहेकै बेला विशेष महाधिवेशनले स्पष्ट परिवर्तनकारी नीति र नेतृत्वसहित पार्टीलाई अझ एकताबद्ध बनाउने बताएका छन्।
विशेष महाधिवेशन पक्षबाट वार्तामा सहभागी उनले एक्समार्फत आफूहरू एकताबद्ध, परिवर्तित र सबल कांग्रेसको पक्षमा रहेको उल्लेख गरेका छन्।
पौडेलले लेखेका छन्, ‘बाध्यात्मक परिस्थितिले सिर्जना गरेको विशेष महाधिवेशनले स्पष्ट परिवर्तनकारी नीति र नेतृत्वसहित नेपाली कांग्रेसलाई अझ एकताबद्ध बनाउनेछ। हामी एकताबद्ध, परिवर्तित र सबल नेपाली कांग्रेसको पक्षमा छौँ।’
कांग्रेसको नियमित महाधिवेशन र विशेष महाधिवेशन पक्षबीच सहमति खोज्न लाजिम्पाटमा जारी वार्ताकै बीच पौडेलले आफ्नो धारणा सार्वजनिक गरेका हुन्।
जारी वार्तामा सभापति शेरबहादुर देउवा पक्षबाट रमेश लेखक, बालकृष्ण खाण तथा शेखर कोइराला पक्षबाट सहमहामन्त्री जीवन परियार र नेता मिनेन्द्र रिजाल सहभागी छन् भने विशेष महाधिवेशन पक्षबाट केन्द्रीय प्रदीप पौडेल, मधु आचार्य नेताहरू गुरुराज घिमिरे र देवराज चालिसे सहभागी छन्।
Shares

प्रतिक्रिया