राजनीति


कांग्रेसको विशेष महाधिवेशन: नयाँ नेतृत्व चयन प्रक्रिया अघि बढाउन निर्वाचन समिति गठन

कांग्रेसको विशेष महाधिवेशन: नयाँ नेतृत्व चयन प्रक्रिया अघि बढाउन निर्वाचन समिति गठन

नेपालखबर
पुस २९, २०८२ मंगलबार १०:५१, काठमाडौँ

नेपाली कांग्रेसको जारी विशेष महाधिवेशनमा आज (मंगलबार) निर्वाचन समिति गठन गरिएको छ। 

काठमाडौँको भृकुटीमण्डपमा जारी बन्दसत्रले वरिष्ठ अधिवक्ता सीताराम केसी संयोजकत्वमा ५ सदस्यीय निर्वाचन समिति गठन गरेको हो। 

जसमा अशोक पोखरेल, गोकर्ण बन्जाडे, आरसी विमल पौडेल र रामचन्द्र गौतम सदस्य छन्।

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया अघि बढाउन निर्वाचन समिति गठन गरिएको हो।

यहीबिच उता लाजिम्पाटमा भने विवाद समाधानका लागि संस्थापन र विशेष महाधिवेशन पक्षधरबिच वार्ता जारी छ। 

जारी वार्तामा सभापति शेरबहादुर देउवा पक्षबाट रमेश लेखक, बालकृष्ण खाण तथा शेखर कोइराला पक्षबाट सहमहामन्त्री जीवन परियार र नेता मिनेन्द्र रिजाल सहभागी छन् भने विशेष महाधिवेशन पक्षबाट केन्द्रीय प्रदीप पौडेल, मधु आचार्य नेताहरू गुरुराज घिमिरे र देवराज चालिसे सहभागी छन्।  

कांग्रेसको केन्द्रीय कार्यसमितिले पार्टीको पन्ध्रौँ महाधिवेशन आगामी वैशाखमा गर्ने कार्यसूची बहुमतबाट पारित गरे पनि त्यसमा असहति जनाएका महामन्त्रीद्वय थापा र शर्माको अगुवाइमा पुस २७ देखि भृकुटीमण्डपमा विशेष महाधिवेशन जारी छ। 

सोमबार सुरु बन्दसत्रले देउवालाई हटाएर नयाँ सभापति चयन गर्ने कार्यविधिसमेत पारित गरिसकेको छ।

सुरुमा पुस २७ र २८ गतेका लागि भनिएको विशेष महाधिवेशन विभिन्न प्रतिवेदनमा छलफल जारी रहेकाले आजसम्मका लागि लम्बिएको हो।

महामन्त्रीद्वय थापा र शर्माले प्रस्तुत गरेको प्रतिवेदनमा छलफल जारी रहेको र नीतिगत निर्णयपछि निर्वाचन प्रक्रियासमेत अगाडि बढ्ने विशेष महाधिवेशन व्यवस्थापन सचिवालयका संयोजक मनोजमणि आचार्यले जानकारी दिएका छन्। 

विशेष महाधिवेशनमा सोमबार साँझसम्म ६३ प्रतिशत महाधिवेशन प्रतिनिधिले नाम दर्ता गराइसकेको र दर्ता प्रक्रिया आज पनि जारी रहने उनको भनाइ छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad