राजनीति


अबको चुनावमा कांग्रेस र एमाले मिल्न सक्छन्: दिपकराज गिरी

अबको चुनावमा कांग्रेस र एमाले मिल्न सक्छन्: दिपकराज गिरी

नेपालखबर
पुस २९, २०८२ मंगलबार ९:१६, काठमाडौँ

कलाकार दिपराज गिरीले अबको चुनावमा कांग्रेस, एमाले र माओवादी (हाल नेपाली कम्युनिस्ट पार्टी) फेरि पनि मिल्न सक्ने बताएका छन्। 

सामाजिक सञ्जालमा उनले नेपालका राजनीतिक दल सत्ता र शक्तिको लागि जोसँग पनि मिल्न र छुट्टिन सक्ने भन्दै बेकारमा जनताले एकअर्का नेताविरुद्ध गालीगलौज र झगडा गरिरहेको तर्क गरेका छन्।

‘द्वन्द कालमा सबैभन्दा बढि कांग्रेसका कार्यकर्ता नै मारिए, पोहोर कांग्रेसले आफ्ना कार्यकर्तालाई त्यही माओबादीलाई भोट हाल्न लगायो,’  गिरीले फेसबुकमा लेखेका छन्, ‘४६ सालपछि गाउँघरमा कांग्रेस र एमाले भन्दै जनता लड्दै आए, कति मरे पनि, तर यता आलोपालो भन्दै मिलेर सरकारै चलाए, सायद अबको चुनाबमा यी फेरी मिल्न पनि सक्छन।’ 
 
नयाँ शक्तिको रूपमा उदाएको रास्वपाले पनि एमालेसँग मिलेर सरकार चलाइसकेको भन्दै गिरीले जनताले एउटाको पुच्छर समातेर गालि गलौज र झगडा गरेर बस्नु जरुरी भएको तर्क गरेका छन्। 

‘नयाँ शक्तिको रूपमा उदाएको रास्वपा पनि गएर एमालेँग मिलेर सरकार चलायो,’  उनले लेखेका छन्, ‘यो हो राजनीति, सिधासाधाले यो कुरा बुझौँ। एउटाको पुच्छर समातेर, गालि गलौज झगडा गरेर नबसौँ। आफ्नो मन पर्ने परिवर्तनकारी नेता वा पार्टी जो लाग्छ त्यसलाई भोट हालौँ, अनि आआफ्नो काम गरेर बसौँ। शुभदिन!’ 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad