राजनीति


एकै पटक १४ उपसचिव र ५७ अधिकृतको सरूवा (सूचीसहित)

एकै पटक १४ उपसचिव र ५७ अधिकृतको  सरूवा (सूचीसहित)

नेपालखबर
पुस २८, २०८२ सोमबार १६:५८, काठमाडौँ

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती प्रशासनको 'मिडल म्यानेजमेन्ट'मा ठूलो हेरफेर गरेको छ। मन्त्रालयले सोमबार एकैपटक १४ जना उपसचिव र ५७ जना शाखा अधिकृतहरूको सरुवा गर्ने निर्णय गरेको हो।

मन्त्रालयको कर्मचारी प्रशासन शाखाका अनुसार विभिन्न मन्त्रालय, विभाग र स्थानीय तहमा कार्यरत कर्मचारीहरूलाई नयाँ जिम्मेवारी तोकेर पठाइएको छ। कतिपयलाई अतिरिक्त समूहबाट विभिन्न निकायमा खटाइएको छ। कतिपयलाई सुगमबाट दुर्गम र दुर्गमबाट सुगमको जिम्मेवारी दिइएको छ।

संघीय मामिला मन्त्रालयले कर्मचारीको 'करियर म्यापिङ'भन्दा पनि तदर्थ आधारमा सरुवा गर्दा स्थानीय तहदेखि केन्द्रसम्मको सेवा प्रवाह प्रभावित हुने गरेको गुनासो सुनिन्छ। चक्रीय सरुवा प्रणाली कार्यान्वयन गर्ने भनिए पनि मन्त्रालयले 'आकस्मिक' र 'बल्क' सरुवालाई नै निरन्तरता दिँदै आएको छ।

पछिल्लो समय संघीय मामिला मन्त्रालयले संघमा दरबन्दी भन्दा बढी कर्मचारी थुप्रिएको भन्दै उनीहरूलाई स्थानीय तहमा खटाउने नीति लिएको छ। सोमबारको सरुवामा पनि धेरैजसो शाखा अधिकृतहरूलाई पनि विभिन्न स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतका रूपमा खटाइएको छ।

मन्त्रालयले सरुवा भएका कर्मचारीहरूलाई तत्काल रमाना लिएर तोकिएको ठाउँमा जान निर्देशन समेत दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad