राजनीति


पूर्वन्यायाधीश र सैनिक अधिकारीको पनि सम्पत्ति छानबिन गर्ने प्रस्ताव

पूर्वन्यायाधीश र सैनिक अधिकारीको पनि सम्पत्ति छानबिन गर्ने प्रस्ताव

नेपालखबर
पुस २८, २०८२ सोमबार १५:७, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले २०६३ सालयता सबैको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय सम्पत्ति छानबिन आयोग गठन गर्ने प्रस्ताव गरेका छन्। 

कांग्रेसको विशेष महाधिवेशनमा समसामयिक राजनीतिक प्रस्ताव पेश गर्दै महामन्त्री थापाले सबै सम्पत्ति छानबिन गर्नुपर्नेमा जोड दिएका हुन्।

उनको प्रस्तावमा भनिएको छ, ‘वि.सं. २०६३ पछि सार्वजनिक पदमा रहेका वा नरहेका हरेक व्यक्तिको सम्पत्ति छानबिन गर्नका लागि उच्चस्तरीय सम्पत्ति छानबिन आयोग गठन गरिनेछ।’

यस्तो उच्चस्तरीय आयोगलाई पूर्व सैनिक अधिकारीको पनि सम्पत्ति छानबिन गर्ने अधिकारी दिइने उनले प्रस्ताव गरेका छन्।

‘उक्त आयोगलाई पूर्वन्यायाधीश, सेनाका पूर्व अधिकारीलगयात सम्पूर्ण व्यक्तिको सम्पत्ति छानबिनको समेत अधिकार प्रदान गरिनेछ,’ प्रस्तावमा उल्लेख छ। 

राजनीतिक पार्टीबाट सार्वजनिक पदमा जाँदा सम्पत्ति सार्वजनिक गर्ने व्यवस्था गर्न पनि उनले प्रस्ताव गरेका छन्।

थापाले भनेका छन्, ‘पार्टीबाट सबै तहको सार्वजनिक पदमा जानुपूर्व सम्पत्ति सार्वजनिक गर्नैपर्ने बाध्यतकारी बनाइनेछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad