अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार आफूलाई ‘भेनेजुएलाको कार्यवाहक राष्ट्रपति’ घोषणा गरेका छन्।
ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा आफ्नो तस्बिर पोस्ट गर्दै लेखेका छन्, ‘भेनेजुएलाको कार्यवाहक राष्ट्रपति।’
हेर्नुहोस् ट्रम्पले ट्रुथ सोसलमा गरेको पोस्ट:

यही जनवरी ३ मा अमेरिकाले भेनेजुएलामा सैन्य हमला गरी राष्ट्रपति निकोलस मदुरो र उनकी श्रीमती सिलिया फ्लोरेसलाई नियन्त्रणमा लिएको छ।
अहिले उनीहरूलाई न्युयोर्कस्थित हिरासतमा राखेर हतियार र लागुऔषध तस्करी अभियोगमा मुद्दा चलाइएको छ।
राष्ट्रपति मदुरोलाई अमेरिकाले उठाएर लगेलगत्तै भेनेजुएलामा उपराष्ट्रपति डेल्सी रोड्रिगेज कार्यवाहक राष्ट्रपति बनेकी छन्।
171
Shares

प्रतिक्रिया