राजनीति


कोरोना आशंकाः सबै संघीय सांसदको स्वाब परीक्षण गरिने

कोरोना आशंकाः सबै संघीय सांसदको स्वाब परीक्षण गरिने

नेपालखबर
बैशाख २४, २०७७ बुधबार १:४८,

कोरोना भाइरसको आशंकामा संघीय संसदका सबै सांसदको स्वाब परीक्षण गरिने भएको छ।

मंगलबार बसेको प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले संघीय संसदका सबै सांसदको पीसीआर विधिबाट कोरोना परीक्षण गर्ने निर्णय गरेको हो।

सांसदहरू विभिन्न जिल्लामा गएकाले कोरोना संक्रमण हुन सक्ने आशंका गर्दै उनीहरू सबैको स्वाब संकलन गरी परीक्षणका लागि प्रयोगशाला पठाउने निर्णय बैठकले गरेको हो।

समितिका एक सदस्यका अनुसार जिल्लामा गएकामध्ये बढी जोखिममा देखिएका सांसदबाट पिसीआर परीक्षण सुरु गर्ने निर्णय भएको छ।

विश्व स्वास्थ्य संगठनको सबै मापदण्ड पुरा गरेर बैठक बस्ने तयारी भइरहेका संसद भवनलाई नै निर्मलीकरण गर्ने निर्णय भएको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिएका छन्।

राष्ट्रपतिले यही वैशाख २६ का लागि बजेट अधिवेशन आह्वान गरिसकेकी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad