राजनीति


कांग्रेसको विशेष महाधिवेशनमा आज बन्दसत्र सुरु हुँदै

कांग्रेसको विशेष महाधिवेशनमा आज बन्दसत्र सुरु हुँदै

कांग्रेसको विशेष महाधिवेशन : आइतबार ड्रोनबाट लिइएको तस्बिर


नेपालखबर
पुस २८, २०८२ सोमबार ५:४९, काठमाडौँ

काठमाडौँको भृकुटीमण्डपमा आइतबारदेखि जारी नेपाली कांग्रेसको विशेष महाधिवेशनको बन्दसत्र आज (सोमबार) हुँदै छ। 

विशेष महाधिवेशन व्यवस्थापन उपसमितिका प्रचारप्रसार संयोजक सुवास पोखरेलका अनुसार आज बिहान ८ बजेदेखि १० बजेसम्म प्रतिनिधिको नाम दर्ता र खाजाको समय छुट्याएर १० बजे बन्दसत्र थालिने भएको हो।

आइतबार बेलुकीसम्म नाम दर्ता गराएका महाधिवेशन प्रतिनिधिको एकिन संख्या पनि आजै सार्वजनिक गरिने उनले बताए।

नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटनसत्रले पार्टीभित्र परिवर्तनको स्पष्ट संकेत गरेको छ।

काठमाडौंस्थित भृकुटीमण्डमा आयोजित विशेष महाधिवेशनमा बहुमत महाधिवेशन प्रतिनिधिको सहभागिताले कांग्रेसको ग्रासरुटमा रहेको विद्रोह विस्फोट देखिन्छ।

संस्थापक्ष पक्षको असहमतिका बाबजुद कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा काठमाडौँको भृकुटीमण्डपमा आइतबारदेखि कांग्रेसको दोस्रो विशेष महाधिवेशन भइरहेको हो। जहाँ बहुमत प्रतिनिधि सहभागी भइरहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad