नेपाली कांग्रेसका महामन्त्री गगन थापाकी पत्नी डा.अञ्जना केसीले गगनले देखाएको साहसको प्रशंसा गरेकी छन्।
सामाजिक सञ्जालमा आफ्ना पतिलाई सम्बोधन गर्दै उनले पार्टीको नीति र नेतृत्व परिवर्तनको लागि गगनले उठाइरहेको कदमको प्रशंसा गरेकी हुन्।
गगनले उठाएको कदममा ठूलो जोखिम रहेको भए पनि उनी एक्लो नरहेको अञ्जनाको भनाई छ। सुन्दर नेपालको सपना देख्ने अनगिन्ती नागरिकको साथ गगनसँग रहेको पनि अञ्जनाले बताएकी छन्।
‘मलाई थाहा छ जोखिम उच्च छ, र म तपाईँले लिइरहनुभएको जोखिमको परिमाण बुझ्छु। तर तपाईं एक्लो हुनुहुन्न। भोलिको राम्रो नेपालको सपना देख्ने अनगिन्ती मानिसहरूको आशा र समर्थन तपाईँप्रति छ,’ उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘तपाईंले देखाउनुभएको साहस, र मानिसहरूले तपाईंमाथि राखेको माया र विश्वास खेर जाने छैन। तपाईँको आवाजको महत्व छ। र, परिवर्तनको लागि तपाईँको प्रतिबद्धता महत्वपूर्ण छ। म तपाईँमा गर्व गर्छु।’
Shares

प्रतिक्रिया