नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आयोजना गरेको विशेष महाधिवेशनको बन्दसत्र भोलि बिहान ८ बजेदेखि सुरु हुने भएको छ।
बन्दसत्रमा महामन्त्री विश्व प्रकाश शर्माले सांगठनिक प्रतिवेदन पेस गर्दैछन्। अर्का महामन्त्री गगन थापाले राजनीतिक प्रतिवेदन पेस गर्नेछन्।
सांगठनिक प्रतिवेदनमा पार्टीबाट एक व्यक्ति १ पटक राष्ट्रपति, २ पटक प्रधानमन्त्री, ३ पटक मन्त्री र ४ पटक सांसद मात्रै हुन पाउने व्यवस्था उल्लेख गरिएको छ।
त्यस्तै पार्टीका केन्द्रदेखि वडासम्म जेनजी पुस्ताको प्रतिनिधित्व सुनिश्चित गर्ने र केन्द्रीय समितिमा ३० वर्षमुनिका २० जना र ३०-४० वर्ष उमेर समूहका २० जना रहने उल्लेख रहेको छ।
विभिन्न पेशा, व्यवसाय, बौद्धिक वर्ग सहितका क्षेत्रबाट ‘ल्याट्रल इन्ट्री’बाट पार्टी संरचनामा स्थान सुनिश्चित गर्ने व्यवस्था गर्ने पनि उल्लेख गरिएको छ।
त्यस्तै प्रत्येक देशका जनसम्पर्क समितिबाट पार्टीको अन्तर्राष्ट्रिय संरचना बनाउने, त्यसमा प्रत्येक देशको जनसम्पर्क समितिका वर्तमान र पूर्वअध्यक्ष परिषद् सदस्य रहने र अन्तर्राष्ट्रिय परिषद् २७ सदस्य हुने उल्लेख गरिएको छ।
Shares

प्रतिक्रिया