राजनीति


पृथ्वी जयन्तीका अवसरमा राप्रपाको चियापान

पृथ्वी जयन्तीका अवसरमा राप्रपाको चियापान

नेपालखबर
पुस २७, २०८२ आइतबार १४:३६, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा आयोजना गरेको चियापान कार्यक्रम शुरु भएको छ। 

राप्रपाले हरेक वर्ष पुस २७ गते यो कार्यक्रम आयोजना गर्दै आएको छ। यस वर्ष पनि काठमाडौंमा आयोजित समारोहमा प्रधानमन्त्री, विभिन्न राजनीतिक दलका शिर्ष नेता, पूर्वप्रधानमन्त्रीहरू तथा अन्य विशिष्ट व्यक्तित्वहरूलाई आमन्त्रण गरिएको छ।

कार्यक्रममा प्रधानमन्त्रीको सहभागितालगायत प्रमुख नेताहरूको उपस्थिति रहने अपेक्षा गरिएको छ। राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले यसअघि विभिन्न नेताहरूलाई व्यक्तिगत रूपमा निमन्त्रणा दिएका थिए।

पृथ्वीनारायण शाहको ३०४ औं जयन्तीका रूपमा मनाइएको यो दिवसमा देशभर विभिन्न कार्यक्रमहरू भइरहेका छन्। राप्रपाको चियापान समारोहले राष्ट्रिय एकताको सन्देश प्रवाह गर्ने विश्वास गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad