राजनीति


समावेशिता, संघीयता जस्ता कुरामा पुरक सम्झौता गरौँ भन्यौँ, त्यो हुन सकेन : कुलमान

रास्वपाले एकतर्फी सहमति भंगको घोषणा गरेको आरोप
समावेशिता, संघीयता जस्ता कुरामा पुरक सम्झौता गरौँ भन्यौँ, त्यो हुन सकेन : कुलमान

नेपालखबर
पुस २६, २०८२ शनिबार १९:४, काठमाडौँ

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले संघीयता, समावेशिता जस्ता विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीसँग पूरक सम्झौता गर्न खोजे पनि त्यो हुन नसकेको बताएका छन्। 

रास्वपासँग सहकार्य तोडेर उज्यालो नेपालको अध्यक्ष बनेपछि शनिबार साँझ आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन्।

‘मुख्य विषय केही समावेशिता, संघीयता। संविधानले देखाएका जुन आधारभूत विषयहरूलाई सम्बोधन गर्नलाई एउटा पूरक सम्झौता गरौँ भनेका थियौँ,’ घिसिङले भने, ‘एउटा पूरक सम्झौता गर्ने चरणमा पनि उहाँहरू सहमत हुनु भएको थियो। तर, पछिल्लो चरणमा पूरक सम्झौता पनि हुन सकेन।’

एकता प्रक्रियालाई अगाडि बढाउने क्रममा पनि रास्वपाले धेरै समय लगाएको उनले अरोप लगाए। ‘हाम्रा तमाम साथीहरुले उठाएका विषयहरुमा हामी सहजरुपमा कसरी अगाडि बढ्ने भन्ने विषयमा हामीले धेरै छलफल गरिम,’ घिसिङले भने, ‘धेरै छलफलमा यो प्रक्रियालाई उहाँहरुलाई अलि धेरै समय लिनुुभयो।’

‘समानुपातिकका विषयमा पनि धेरै लामो समय लिनुभयो। बास्तवमा समानुपातिकमा पनि तपाईंहरु अगाडि बढ्नुहोस् भनेर धेरै कुरा छोडेकै थियौँ,’ उनले थपे।

आफूहरु अन्तिमसम्म पनि सहमतिकै पक्षमा भए पनि रास्वपाले एकतर्फी सहमति भंगको घोषणा गरेको अरोप लगाए। ‘अन्तिम दिनमा आएर उहाँहरूले एकतर्फिरुपमा सहमति भंग भएको घोषणा गरिदिनुभयो,’ उनले भने, ‘हामी गरेका थिएनौँ। अन्तिम समयसम्म पनि अगाडि बढाउ, टुंग्याउ भन्नेमै थियौँ। एकतर्फीरुपमा उहाँहरुले सहमति भंग भएको मलाई जानकारी गराउनुभयो। र, मिडियामा त्यही हिसाबले आयो। त्यसमति हामी यो अवस्थामा छौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad