राजनीति


विवादबीच कांग्रेसको विशेष महाधिवेशन आह्वान

विवादबीच कांग्रेसको विशेष महाधिवेशन आह्वान

नेपालखबर
पुस २३, २०८२ बुधबार १४:५९, काठमाडौँ

नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले पुस २७ र २८ गते काठमाडौँमा विशेष महाधिवेशन आह्वान गरेका छन्। 

विशेष महाधिवेशनका लागि हस्ताक्षर बुझाएका महाविधेशन प्रतिनिधिले बुधबरा काठमाडौँमा पत्रकार सम्मेलन गरी विशेष महाधिवेशनको आह्वान गरेका हुन्। उनीहरूले महाधिवेशन प्रतिनिधिलाई उपस्थितिका लागि आग्रह गरेका छन्। 

उनीहरूले भनेका छन्, ‘विधानको मर्म र भावनालाई पूर्ण सम्मान गर्दै यही २०८२ पुस २७ र २८ गते काठमाडौँमा हुन गइरहेको विशेष केन्द्रीय महाधिवेशनमा सम्पूर्ण केन्द्रीय महाधिवेशन प्रतिनिधिहरूको उत्साहपूर्ण सक्रिय उपस्थिति र सहभागिताका लागि हार्दिक आग्रह गर्दर्छौं।’

विशेष महाधिवेशनबारे जानकारी दिन जारी गरिएको प्रेस विज्ञप्तिमा विशेष महाधिवेशन निर्विकल्प भएको जनाइएको छ। ‘हामीले स्पष्ट रुपमा उल्लेख गरेका थियौँ- नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले विधानको धारा १७ (१) अनुसार २०८२ मंसिरभित्रै १५औँ महाधिवेशन सम्पन्न गर्नुपर्छ। यदि त्यो सम्भव नभए धारा १७ (२) बमोजिम विशेष महाविधेशन आह्वान गरी विषम परिस्थितिको सम्बोधन गर्नुपर्छ,’ उनीहरूले भनेका छन्, ‘यसैबीच पार्टीले २०८२ पुस २८ भित्र १५औँ महाधिवेशन सम्पन्न गर्ने कार्यतालिका सार्वजनिक पनि गरेको थियो, तर तोकिएको समयमा १५आँ महाधिवेशन सम्पन्न हुन सकेन। यस्तो अवस्थामा हाम्रो मागबमोजिमको विशेष महाधिवेशन स्वतः निर्विकल्प विकल्प बनेको छ।’

विधान बमोजिम माग गरिएको विशेष महाधिवेशनलाई असान्दर्भिक भन्न नहुने उनीहरूको भनाइ छ। कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले विशेष महाधिवेशनलाई असान्दर्भिक र औचित्यहिन भएको निर्णय बहुमतबाट गरेको थियो। त्यसैलाई इंगित गर्दै उनीहरूले भनेका छन्, ‘विधान बमोजिम कारण देखाएर माग गरेको विशेष महाधिवेशनलाई असान्दर्भिक वा औचित्यहिन भन्ने अधिकार विधानले कसैलाई प्रदान गरेको छैन।’

विधानको व्यवस्थालाई नै कार्यान्वयवन गर्न खोजिएको उनीरूको जिकिर छ। त्यसैअनुरुप, विशेष महाधिवेशन व्यवस्थापकीय तयारी तीव्र गतिमा भइरहेको उनीहरूले जानकारी दिएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad