ग्लोबल


ट्रम्पलाई कोलम्बियाका राष्ट्रपतिको चुनौती: हिम्मत छ भने मलाई पक्रेर देखाऊ

ट्रम्पलाई कोलम्बियाका राष्ट्रपतिको चुनौती: हिम्मत छ भने मलाई पक्रेर देखाऊ

डोनाल्ड ट्रम्प र गुस्ताभो पेट्रो (फाइल फोटो)


नेपालखबर
पुस २३, २०८२ बुधबार १५:०, काठमाडौँ

भेनेजुएलामा अमेरिकाले सैन्य आक्रमण गरेपछि वासिङ्टन र ल्याटिन अमेरिकी देशहरूबीचको सम्बन्ध झन्‌झन् तनावपूर्ण बन्दै गएको छ।

यसैबीच कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोले खुलेआम अमेरिकाको विरोध गरेका छन्। 

सीएनएनको रिपोर्टअनुसार पेट्रोले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई प्रत्यक्ष चुनौती दिँदै भनेका छन्, ‘हिम्मत छ भने मलाई गिरफ्तार गरेर देखाऊ।’

उनले आफू कोलम्बियामै रहेको र अमेरिकाको प्रतीक्षा गरिरहेको बताएका छन्। 

पेट्रोको भनाइले ल्याटिन अमेरिकाभरि राजनीतिक उथलपुथल मच्चाएको छ।

भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई अमेरिकाले कब्जा गरेपछि कोलम्बियाका राष्ट्रपतिले उक्त अभिव्यक्ति दिएका हुन्।

उल्लेखनीय छ- मदुरोले पनि गत अगस्टमा डोनाल्ड ट्रम्पलाई यस्तै चुनौती दिएका थिए।

मदुरोले भनेका थिए, ‘अमेरिकासँग हिम्मत छ भने आएर मलाई पक्राउ गर।’

नभन्दै अमेरिकी सेनाले गत शनिबार उनलाई पत्नीसहित निवासबाटै अमेरिका पुर्‍यायो र अहिले उनीविरुद्ध न्युयोर्क अदालतमा मुद्दा चलिरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad