आगामी फागुन २१ गतेका लािग तय भएको प्रतिनिधि सभाको चुनावका लागि राष्ट्रिय स्वतन्त्र पार्टीको आन्तरिक उम्मेदवार छनोट प्रक्रियामा सहभागी हने समय थपिएको छ।
रास्वपाले पुस २६ गते राति १२ बजेसम्म उम्मेदवारी दिन सकिने बताएको छ। उम्मेदवारी राष्ट्रिय स्वतन्त्र पार्टीको मोबाइल एप मार्फत दिन सकिनेछ।
रास्वापले यसअघि समानुपातिक उम्मेदवार चयनमा पनि आन्तरिक उम्मेदवारी आह्वान गरेको थियो। त्यसपछि प्री-इलेक्सन गर्दैै उम्मेदवार चयन गरेको थियो।
यद्यपि, कतिपय समानुपातिक उम्मेदवारको सूचीमा नपरेकाहरुले आफूले राम्रो मत ल्याउँदा पनि पाखा लगाइएको भन्दै असन्तुष्टि जनाएका थिए।
12
Shares

प्रतिक्रिया