राजनीति


जनमोर्चा महासचिव भट्टको प्रश्नः तीन जना मन्त्री रास्वपाका छन्, यो सरकारलाई स्वतन्त्र भन्न मिल्छ?

जनमोर्चा महासचिव भट्टको प्रश्नः तीन जना मन्त्री रास्वपाका छन्, यो सरकारलाई स्वतन्त्र भन्न मिल्छ?

नेपालखबर
पुस २२, २०८२ मंगलबार २०:२३, काठमाडौँ

राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले वर्तमान सुशीला कार्की नेतृत्वको सरकारलाई निर्दलीय वा स्वतन्त्र भन्न नमिल्ने बताएका छन्। 

मंगलबार प्रगतिशील पत्रकार संघको १९औँ स्थापना दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा भट्टले सरकार अब निर्दलीय नरहेको बताएका हुन्।

महासचिव भट्टले वर्तमान सरकार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सरकार भएको जिकीर गरे।


‘अहिलेको तीनओटा मन्त्री बब्लु गुप्ता, जगदीश खरेल र कुलमान घिसिङ राष्ट्रिय स्वतन्त्रता पार्टीसित सम्बन्धित छन्’ उनले प्रश्न गरे– ‘यस आधारमा पनि यो सरकारलाई निर्दलीय वा स्वतन्त्र भन्न मिल्छ?’

महासचिव भट्टले फागुन २१ गते निर्वाचन हुनुपर्ने बताए।

वर्तमान सरकारलाई ‘असंवैधानिक’ करार गर्दै उनले निर्वाचनबाट नै देशले संवैधानिक कोर्स निर्धारण गर्ने बताए। चुनाव नभए देश भड्खालोमा जाने भट्टको चेतावनी थियो।

कार्यक्रममा संघका अध्यक्ष श्यामलाल पोखरेलले ‘जेनजी र प्रेस स्वतन्त्रता’ विषयक अवधारणा प्रस्तुत गरेका थिए।

सो कार्यक्रममा नेपाल पत्रकार महासंका उपाध्यक्ष नीतु पण्डित, प्रेस चौतारीका अध्यक्ष गणेश पाण्डे, जनपत्रकार संघका अध्यक्ष शेरबहादुर विक, क्रान्तिकारी प्रेस संगठनका उपाध्यक्ष नारायण पङ्गेनी, प्रेस सेन्टरका महासचिव मनोज घर्तीमगरलगायतले धारणा राखेका थिए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad