नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले केन्द्रीय सदस्यहरुलाई पुस २९ गते शपथ खुवाउने भएको छ।
मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको परामर्श बैठक काठमाडौँमा उपलब्धहरुलाई काठमाडौँमा र बाहिरकालाई प्रदेशहरुमा शपथ खुवाउने निर्णय भएको नेता अग्निप्रसाद सापकोटाले जानकारी दिए।
‘पुस २९ गते केन्द्रीय सदस्यको शपथग्रहण समारोह गर्ने,’ उनले परामर्श बैठकका निर्णय सुनाउँदै भने, ‘उपस्थित हुनसक्नेहरुको यही बागमती प्रदेशमा। बाहिर चाहिँ प्रदेशहरुलाई जिम्मा दिएको छ।’
‘उनीहरुले निश्चित गरेको ठाउँमा शपथग्रहण समारोह गर्ने भन्ने पनि निश्चित भएको छ,’ सपाकोटाले थपे।
नेकपामा हाल २ हजार जना केन्द्रीय सदस्य छन्। गत कात्तिक १९ गते नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायत दर्जनभन्दा बढी वामघटकहरुबीच एकतापछि नेपाली कम्युनिस्ट पार्टी घोषणा गरिएको थियो।
सपाकोटाले २९ गतेसम्म सबै संगठनात्मक संरचना तयार पारिसक्ने निर्णय भएको समेत जानकारी दिए।
नेकपामा २ हजार जनाको केन्द्रीय समितिका अलवा १८ सदसयीय केन्द्रीय संयोजन समिति रहेको छ। पार्टीका महत्वपूर्ण निर्णय यहीबाट हुने गरेको छ।
त्यस्तै ६०१ जनाको केन्द्रीय कार्यसमिति रहेको छ। २०० जनाको राजनीतिक समिति र ७५ जनाको सचिवालय समिति रहेको छ।
Shares

प्रतिक्रिया