नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले अबेर रातिसम्म भए पनि आज राष्ट्रिय सभाको निर्वाचनका लागि उम्मेदवार टुंग्याउने बताएका छन्।
मंगलबार दिउँसो बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रवक्ता महतले केहीबेरका लागि बैठक स्थगित भएको बताए। राष्ट्रिय सभामा अन्य दलहरूसँगको तालमेल र उम्मेदवारको टुंगो लगाउने मूल एजेन्डासहित बसेको बैठक आजै फेरि बस्ने उनले जानकारी दिए।
आजै दोस्रो पटक बस्ने कार्यसम्पादन समितिको बैठकले उम्मेदवारको टुंगो लगाउने जनाइएको छ। ‘हाम्रो बैठक केहीबेरका लागि स्थगित भएको छ। राति अबेरसम्म बसेर भए पनि राष्ट्रिय सभा निर्वाचनको लागि उम्मेदवार तय गर्छौँ,’ प्रवक्ता महतले भने।
कांग्रेसले राष्ट्रिय सभा निर्वाचनका लागि नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र जनता समाजवादी पार्टी (जसपा)सँग तालमेल गर्दै छ। त्यसका लागि चारै पार्टीबीच सिट भागबन्डा गरिएको छ।
यो पनि पढ्नुहोस् : राष्ट्रिय सभाका १८ सिटमा चार दलबीच यसरी भयो भागबन्डा
Shares

प्रतिक्रिया