राजनीति


रवि लामिछानेले भने- यति ठूलो खाल्डो खन्नु भो कि अब तपाईंहरू सबै नपुरी सुखै छैन

रवि लामिछानेले भने- यति ठूलो खाल्डो खन्नु भो कि अब तपाईंहरू सबै नपुरी सुखै छैन

नेपालखबर
पुस २१, २०८२ सोमबार १९:३३, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पुराना राजनीतिक दलका नेतालाई उनीहरूले नै खनेको खाल्डोमा पुर्ने अभिव्यक्ति दिएका छन्। 

सोमबार रास्वपाले राष्ट्रिय सभागृहमा आयोजना गरेको वृहत राजनीतिक समायोजन घोषणा सभालाई सम्बोधन गर्दै लामिछानेले आफूले खनेको खाल्डो आफै पुरिने अवस्था आएको बताएका हुन्। उनले जेनजी आन्दोलनअघि नै देशमा हुनसक्ने आन्दोलनबारे सचेत गराएको उल्लेख गरे। 

‘जेनजी आन्दोलनमा जे भयो, जुन क्षति भयो, त्यो नभएको भए हुन्थ्यो। तर, देश त्यो किसिमको क्षतिमा जाँदै छ भनेर हामीले भनेकै थियौंँ,’ लामिछानेले भने। 

तर, सत्तामा रहेका राजनीतिक दलले राज्य शक्तिको चरम दुरुपयोग गर्दा त्यो अवस्था आएको उनको भनाइ थियो। ‘राज्य सत्ताको चरम दुरुपयोग गरेर यति ठूलो खाल्डो खनियो कि मैले भनेकै थिए- मलाई पुर्न ६ फिट, साढे ६ फिटको खाल्डो खनेको भए खासै ठूलो फरक पर्दैनथ्यो। यति ठूलो खाल्डो खन्नु भो कि अब तपाईहरू सबै नपुरी सुखै छैन,’ लामिछानेले भने। 

दलका नेताले खनेको आल्डोनमा जनताले पुर्ने उनको आसय थियो। ‘हामीले पुर्ने होइन,’ लामिछानेले थपे। 

ठूला राजनीतिक दलका नेताले संसद्मा दम्भ देखाएको लामिछानेको आरोप थियो। ‘संसद्लाई तपाईंहरूले शक्तिको दम्भ देखाएर, संख्याको दम्भ देखाएर नागरिकका मुद्दालाई दबाउने कोसिस गर्नुभयो,’ उनले थपे, ‘पेल्ने, हेप्ने, अपहेलित गर्ने, विभिन्न नाम दिने काम भयो।’

अहिले संसद् पुनर्स्थापनाको कुरा गर्न नमिल्ने लामिछानेको भनाइ थियो। ‘जुन संसद्बाट मलाई जबरजस्ती बाहिर निकालियो, २ घण्टामा सूचना टाँसेर। त्यही संसद् ब्युताउन भनिराख्नु भएको छ। के का लागि ब्युँताउने हो?,’ उनको प्रश्न थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad