भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरो र उनकी श्रीमती सिलिया फ्लोरेसलाई सोमबार न्युयोर्कको म्यानहट्टनस्थित अदालतमा उपस्थित गराइएको छ।
अमेरिकाले उनीहरूविरुद्ध हतियार र लागुपदार्थ तस्करीको अभियोगमा मुद्दा चलाउन लागेको हो।
ब्रुकलिनस्थित मेट्रोपोलिटन डिटेन्सन सेन्टर (हिरासत) बाट उनीहरूलाई कडा सुरक्षा व्यवस्थासहित अदालत पुर्याइएको हो।

यसअघि मदुरोलाई बोकेको हेलिकप्टर अदालतनजिकैको हेलिप्याडमा अवतरण गरेको थियो। त्यसपछि उनलाई तुरुन्तै भ्यानमा राखेर सिधै अदालतमा लगिएको थियो।

मदुरोलाई अदालत लगिँदै गर्दाका केही तस्बिर सार्वजनिक भएका छन्। तर त्यसमा उनकी पत्नी देखिएकी छैनन्।
तस्बिरमा मदुरो बर्दीजस्तो पोसाकमा देखिएका छन् भने खुट्टा खोच्याएको देखिन्छ।
अनि उनलाई धेरै जना सुरक्षाकर्मीले घेरेको/पक्रेको देखिन्छ।

अब अदालतमा मदुरो र उनकी पत्नीविरुद्धको अभियोगपत्र पढेर सुनाइने बीबीसीले जनाएको छ।
अमेरिकी सेनाले गत शनिबार भेनेजुएलामा हवाई हमला गर्दै राष्ट्रपति मदुरोको दम्पतीलाई निवासबाटै समातेर अमेरिका पुर्याएको थियो।
Shares

प्रतिक्रिया