नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले प्रतिनिधि सभाको निर्वाचनमा कांग्रेस एक्लै जाने बताएका छन्।
सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गरी नेता सिटौलाले राष्ट्रिय सभामा तालमेल गरे पनि प्रतिनिधि सभामा एक्लै जानुपर्ने बताए। ‘प्रतिनिधि सभाको चुनावमा हामी एक्लै जाने हो,’ सिटौलाले भने, ‘अहिलेसम्म एक्लै चुनावमा जानुपर्छ भन्ने छ। पार्टीको बटम लाइन त्यही हो।’
आमनिर्वाचनमा गठबन्धन गर्न नहुने उनको भनाइ थियो। ‘प्रष्ट दृष्टिकोण र विचारसहित चुनावमा जानुपर्छ,’ उनले थपे, ‘अहिलेसम्म प्रतिनिधि सभाको चुनावमा एक्लै जाने भन्नेछ।’
निर्वाचनको सुरक्षाबारे सोधिएको प्रश्नको उत्तरमा नेता सिटौलाले सरकारलाई अविश्वास गर्न नहुने बताए। ‘सरकारले र निर्वाचन आयोगले सुरक्षा र भयरहित वातावरण निर्वाचन गर्न सक्षम छौँ भनेर दल र नेतालाई बोलाएर ग्यारेन्टी गरेको छ। हामीले अविश्वास गर्नुपर्ने छैन। त्यसैले निर्वाचनमा जाने हो,’ सिटौलाले भने।
Shares

प्रतिक्रिया