राजनीति


धनराज गुरुङको प्रश्न- सबै आआफ्नो बाटो हिँड्दा पार्टी कहाँ पुग्छ ?

धनराज गुरुङको प्रश्न- सबै आआफ्नो बाटो हिँड्दा पार्टी कहाँ पुग्छ ?

नेपालखबर
पुस १९, २०८२ शनिबार १४:४३, काठमाडौँ

नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले पार्टी एकतामा जोड रहने बताएका छन्।

शनिबार डा. शेखर कोइराला पक्षधर नेताहरूको बैठकपछि सञ्चारकर्मीसँग बोल्दै उनले फरक मत राख्ने सबैलाई समेटेर पार्टीलाई मूलधारमा ल्याइने स्पष्ट पारे।

उनले पार्टी कुनै पनि हालतमा टुक्रिन नदिने उल्लेख गर्दै विशेष महाधिवेशन पक्षधरलाई साथ दिने-नदिने विषय गौण भएको बताए। सिंगो पार्टीलाई बलियो बनाउनु नै मुख्य प्राथमिकता रहेको उनको भनाइ छ।

उपसभापति गुरुङले भने, ‘सबै आ-आफ्नो बाटो हिँड्दा पार्टी कहाँ पुग्छ भन्ने कुरा सोच्नुपर्छ। पार्टीलाई कुनै पनि हालतमा चोइटिन वा टुक्रिन दिनु हुँदैन। सबैलाई समेटेर पार्टीलाई मूलधारमै लैजानुपर्छ।’

पार्टीलाई परिवारसँग तुलना गर्दै उनले थपे, ‘परिवारभित्र दिनदिनै झगडा भयो भने परिवार कमजोर हुन्छ, पार्टी पनि त्यस्तै हो। धेरै विवाद भयो भने पार्टी कमजोर बन्छ र त्यसको फाइदा अरूले लिन्छन्।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad