राजनीति


गगन-विश्वलाई सहमहामन्त्री परियारको जवाफ : यो पार्टी हो, कुनै व्यक्तिगत कम्पनी होइन

गगन-विश्वलाई सहमहामन्त्री परियारको जवाफ : यो पार्टी हो, कुनै व्यक्तिगत कम्पनी होइन

नेपालखबर
पुस १९, २०८२ शनिबार १५:०, काठमाडौँ

।नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको पुसभित्रै विशेष महाधिवेशन गर्ने अडानप्रति आपत्ति जनाएका छन्।

शनिबार डा. शेखर कोइराला पक्षधर नेताहरूको बैठकपछि सञ्चारकर्मीसँग बोल्दै उनले उक्त अडान पार्टीको आधिकारिक निर्णय नभई व्यक्तिगत मत मात्र भएको दाबी गरे।

पार्टीभित्र विशेष महाधिवेशनबारे बहस, विचार र विमर्श भइरहेको उल्लेख गर्दै परियारले अन्ततः पार्टीले गर्ने निर्णयलाई सबैले स्वीकार गरेर अघि बढ्नुपर्नेमा जोड दिए। पार्टीमा सबैको विचार एउटै नहुने भए पनि बहुमतको निर्णय मान्नु अनिवार्य हुने उनको भनाइ छ।

सहमहामन्त्री परियारले भने, ‘विशेष महाधिवेशन जसरी पनि गर्ने भन्ने कुरा महामन्त्रीहरूको व्यक्तिगत धारणा हो। पार्टीभित्र विभिन्न विचार हुनसक्छन्, छलफल हुन्छ, र छलफलबाट जे निष्कर्ष निस्किन्छ, त्यसैलाई मानेर अघि बढ्नुपर्छ। यो पार्टी हो, कुनै व्यक्तिगत कम्पनी होइन।’

उनले पार्टीको निर्णय चित्त नबुझे आफ्ना मुद्दा नेता–कार्यकर्ता र जनतामाझ लैजान सकिने भए पनि बहुमतको निर्णयलाई लत्याएर आफ्नै कुरा मात्र सही ठान्न नहुने स्पष्ट गरे।

कांग्रेसको शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकले आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा १५औँ महाधिवेशन गर्ने निर्णय गरेको छ। 

तर महामन्त्रीद्वयले भने पुसको अन्तिमसम्म विशेष महाधिवेशन गरिने अडान कायमै रोखका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad