राजनीति


कोरोना परीक्षणको दायरा बढाउन कां‌ग्रेसकाे माग

कोरोना परीक्षणको दायरा बढाउन कां‌ग्रेसकाे माग

नेपालखबर
बैशाख २२, २०७७ सोमबार १२:४५,

प्रमुख प्रतिपक्षी दल नेपाली का‌ग्रेसले बाँकेको नेपालगञ्जमा एकै दिनमा १५ जनामा कोरोना भाइरस संक्रमण भेटिएको सन्दर्भमा कोरोना परीक्षणको दायरा व्यापकरुपमा बढाउन सरकारको ध्यानाकर्षण गराएको छ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले आज स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई टेलिफोनमार्फत उक्त स्थानमा व्यापकरुपमा परीक्षणको दायरा बढाउन ध्यानाकर्षण गराएका संसदीय दलले जनाएको छ। कुराकानीका क्रममा प्रमुख सचेतक खाँणले त्यस क्षेत्रमा उच्च सतर्कता अपनाउनुपर्ने तथा आवश्यक स्वास्थ्य सामग्रीकोे यथेष्ट व्यवस्था र विशेषज्ञसहितको थप मेडिकल टोली परिचालन गर्नुपर्नेमा जोड दिएका थिए।

संक्रमित व्यक्तिहरु अरु थुप्रै व्यक्तिसँग सम्पर्कमा पुगेको हुनसक्ने भएको हुँदा त्यसलाई मध्यनजर गरी सम्पर्कमा आएका व्यक्तिको तत्काल खोजी गरी परीक्षण गर्नुपर्ने र थप संक्रमण फैलन नदिन सावधानी अपनाउन उनले आग्रह गरेका थिए।

त्यसैगरी रुपन्देहीको मर्चवार क्षेत्रको कोटहीमाई गाउँपालिका–१ का भारतबाट आएका युवकलाई कोरोना भाइरस संक्रमणको पुष्टि भएको हुँदा निजको सम्पर्कमा आएको व्यक्तिमा पनि संक्रमणको उच्च जोखिम भएकाले उनीहरुको पहिचान गरी परीक्षण कार्यलाई तीव्रता दिनुपर्ने बारेमा प्रमुख सचेतक खाँणले जोड दिएका थिए

साथै स्वास्थ्य सामग्रीको अभाव रहेको जानकारी गराउँदै उनले तत्काल आवश्यक सामग्री व्यवस्थाका लागि आग्रह गरेका थिए। जवाफमा मन्त्री ढकालले स्वास्थ्य सामग्री कमी भएका स्थानमा यथाशीघ्र आवश्यक सामग्री पठाइने बताएका उनले जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad